Logo

१४ पुस,वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा एकदिने विपद् पूर्व तयारी तथा प्रतिकार्य गर्न अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।नेपालमा शिक्षा समुहको सुदृढीकरण परियोजना अन्तर्गत मधेस प्रदेश शिक्षा समुहको आयोजनामा र EU/UNICEF को प्राविधिक सहयोग तथा आर्थिक सहयोगमा भुकम्प प्रविधी राष्ट्रिय समाज नेपाल (NSET) द्धारा संचालित विपद् पूर्व तयारी तथा प्रतिकार्य गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

विपद् पूर्व तयारी तथा प्रतिकार्यको लागि स्थानीय शिक्षा समुह गठन ,परिचालन, समन्वय र अभिमुखीकरण दिईएको हो ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको संयोजकत्वमा ९ सदस्यीय पटेर्वा सुगौली गाउँपालिका शिक्षा समुह गठन भएको छ ।
नवगठित समितिको सदस्यमा गाउँपालिका उपाध्यक्ष श्रीमती ममता महतो, वार्ड अध्यक्ष श्री विजय गैरे, जाँदो लाल साह, श्याम घिमिरे र सदस्य सचिव पालिका शिक्षा प्रमुख सम्भु साह लागायतका सदस्यहरू रहेका छन् ।

एकदिने विपद् पूर्व तयारी तथा प्रतिकार्यको लागि स्थानीय शिक्षा समुह गठन ,परिचालन, समन्वय र अभिमुखीकरण पनि गरीएको पालिका क्लस्टर कोर्डिनेटर मित्र देब यादवले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा सिकाइ निरन्तर अभियानको अवधारणा ,महत्व ,आवश्यकता र यसको प्रयोग बिधिको बारेमा बिस्तृत जानकारी गराइएको तथा आउने दिनहरुमा कुनै बिपद वा महामारी आएको खण्डमा विभिन्न किसिमका पढाईका बैकल्पिक बिधिहरु प्रयोग गरि बालबालिकाहरुको पढाईमा हुने क्षतिलाइ न्यूनीकरण गरि उनीहरुको पढाई सिपमा सुधार ल्याउन सकिने जानकारी दिईएको पालिकाका शिक्षा अधिकृत सम्भु साहले बताए ।

साथै आउने दिनमा यस शिक्षा समुहलाई बढी सक्रिय बनाई पालिका को समग्र शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्रभावकारी बनाउनमा सक्रिय सहभाँगिता गराउने र विपद् तथा त्यसको प्रतिकार्यको लागि आवस्यक पहल कदमी गर्ने र सही तरिकाले परिचालन गर्ने र स्थानिय तहमा कार्यरत अन्य गैसस सङ्ग समन्वय र सहकार्य गरी आगाडी बढ्नेमा केन्द्रित रहने साहले बताए ।

गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रममा गाँउपालिकाका शिक्षा समितिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक , स्थानीय रेडक्रस प्रतिनिधि , विभिन्न संघ सस्था, तथा पालिकाका सम्बन्धित शाखाका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।


सम्बन्धित समाचार