Logo

२१ पुष, वीरगञ्ज । स्कोरपियोको ठक्करबाट बारामा एक जना तरकारी व्यवासायीको मृत्यु भएको छ । दुईजना महिला घाईते भएका छन् । पथलैया–निजगढ सडकखण्ड अन्तर्गत पसाहा पुल नजिक हिजो बिहान दुर्घटना हुदा तरकारी बेच्न निस्केका जीतपुरसिमरा १६ टांगियाबस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

निजगढबाट पथलैयातर्फ आउदै गरेको ग२च ४४१३ नम्बरको स्कोरपियोले प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाईकल र साइकललाई एकै ठाँउमा ठक्कर दिएको थियो ।दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाईते हुनुभएको छ । घाईतेलाई सिमरास्थित अल्पाईन अस्पतालबाट थप उपचारका लागि चितवन लगिएको छ ।

मोटरसाइकल र साइकलमा तरकारी राखेर निस्किएका उनिहरु टांगियाबस्तीबाट तरकारी बेच्नका लागि पिलुवातर्फ आउदै गरेको थिए । स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते भएका दुवैजना महिलालाई जीतपुरसिमराका नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले उद्दार गरेर आफु सवार रहेको गाडीबाट सिमरा स्थित अलपाईन अस्पतालमा उपचारको लगाई पठाएका थिए ।


सम्बन्धित समाचार