Logo

१ माघ, काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो । त्यस्तै सोमबार विमान दुर्घटनाको शोक घोषणा गरिएको एक मन्त्रीले जानकारी दिए ।

अहिले दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ । आकस्मिक मन्त्रिपरिषद् बैठक सकिए लगत्तै प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने भएका छन । उद्धार र खोजि कार्यलाई प्रभावकारी बनाउन उनी पोखरा जान लागेका बताइएको छ ।


सम्बन्धित समाचार