Logo

तश्विर : विशाल पटेल

२ फागुन, वीरगञ्ज । जनकपुरकी पत्रकार मनिका झालाई गोतामे पत्रकारिता स्वर्ण पदक प्रदान गरिएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले उनलाई स्वर्ण पदक प्रदान गरेको हो । स्वर्ण पदक १ तोलाको छ । उनी नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष र अन्नपूर्ण पोष्ट दैनिकको मधेस प्रदेश ब्युरो प्रमुख हुन् ।

प्रतिष्ठानले वीरगञ्जको लक्ष्मणवा स्थित जेष्ठ नागरिक पार्कमा कार्यक्रमको आयोजना गरेर पुरस्कार प्रदान गरिएको थियो । वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले प्रतिष्ठानको तर्फबाट स्वर्ण पदक पत्रकार झालाई प्रदान गरेका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोरले काठमाण्डौं बाहिर संघर्ष गरेर समाजलाई योगदान दिने पत्रकारलाई स्वर्ण पदक प्रदान गर्ने गरिएको बताए । पत्रकार गोतामेले सिमान्त सहर वीरगञ्जमा बसेर मातृभूमि पत्रिकाको अन्तिम पेजमा लेख्ने गर्दथे ।

यो पुरस्कार यसअघि झापादेखि कञ्चनपुरसम्मका ११ जनालाई पत्रकारलाई प्रदान गरिसकिएको अध्यक्ष जगदिश शर्माले जानकारी दिए ।


सम्बन्धित समाचार