Logo

२ फागुन, वीरगञ्ज । पर्सामा ट्रकको ठक्करबाट एकजना युवकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० अपौनी टोल बस्ने नागेन्द्र ठाकुरको घटनास्थलमा मृत्यु भएको हो ।

हिजो साझँ ७ः३५ बजे बहुअरीबाट परवानीपुरतर्फ गईरहेको बा.प्र. ०३–००१ ख १४१८ नम्बरको ट्रकले साईकलमा सवार ठाकुरलाई ठक्कर दिएको थियो । परवानीपुरबाट आफ्नो घर आउदैँ गर्दा अपौनी चोकबाट दायाँतर्फ मोड्दै गरेको साईकललाई ट्रकले ठक्कर दिदाँ ठाकुर सडक किनाराको सिमेन्टको रेलिङ्गमा च्यापिएर गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल शाहको कमाण्डमा खटिएको ८० जनाको प्रहरीको टोलीले घाईते ठाकुरको उद्धार गरि वीरगञ्जस्थित नारायणी अस्पताल पु¥याएको प्रहरीको भनाई छ ।

उपचारको क्रममा चिकित्सकद्वारा उनलाई मृत घोषणा गरिएकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त डिएसपी दिपक गिरीले जानकारी दिनुभयो । प्रहरीले ट्रक र चालक मकवानपुर थाहा नगरपलिका वडा नं। ४ पालुङ बस्ने ३३ वर्षीय रमेश गोम्बालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको डिएसपी गिरीले बताउनुभयो ।


सम्बन्धित समाचार