Logo

फाइल तस्वीर

२५ फागुन,वीरगञ्ज । वीरगञ्जमा दुईवटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । भने अर्का एकजना घाइते भएका छन् । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरका अन्दाजी २५ बर्षीय सुरज सर्राफको मृत्यु भएको हो ।

दुर्घटनामा परी वीरगञ्ज–१६ बस्ने अन्दाजी २६ वर्षीय विपिन कुमार कुशवाहा घाईते भएका छन् । उनको दुवै हात भाँचिएको छ । बाराको नौतन बहुअरी स्थित एलएस न्युरो अस्पतालमा आईसियुमा राखेर उनको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार वीरगञ्ज– पथलैया सडकखण्ड अन्र्तगत वीरगञ्ज–१४ गण्डक चोकमा बुधबार राति ९ बजे दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किएको थियो ।

पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०३–००४ प ७९३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ना २५ प ४००३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो । गम्भिर घाईते अवस्थामा दुवै मोटरसाईकलका चालकलाई उद्धार गरेर प्रहरीले एलएस न्युरो अस्पतालमा उपचारका लागि पठाएको थियो ।

एलएस न्युरोमै उपचारको क्रममा ७९३० नम्बरको मोटरसाइकलको चालक सुरजको बिहीबार बिहान २ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार