Logo

२५ फागुन, वीरगञ्ज । पर्साको पर्सागढीमा लुठा नदीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । पर्सागढ़ी नगरपालिका– ८ हरपुर टोल बस्ने ५० वर्षीय प्रल्हाद भनिने लक्ष्मी राम चमारको मृत्यु भएको हो ।

उनी हिजो बुधबार दिउँसो २ बजे होली खेल्नका लागि घरबाट निस्केका थिए । स्थानीयले आज बिहान लुठा नदीमा मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

नदीमा डुबेको अवस्थाबाट उनको शव निकालिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो । शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार