Logo

१ चैत,वीरगञ्ज । बाराको परवानीपुरमा जारी दोस्रो परवानीपुर गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेलहरु सुरु हुदैँछ ।

आज हुने सेमिफाइनल चरणको पहिलो खेलमा आयोजक परवानीपुर युथ क्वल परवानीपुर र वीरगञ्ज युनाईटेड क्लव वीरगञ्जवीच खेल हुने आयोजक क्लवका उपाध्यष रवि रामले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो खेल अपरान्ह ३ बजेदेखि परवानीपुर खेल मैदानमा सुरु हुनेछ ।प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

 


सम्बन्धित समाचार