Logo

५चैत,बारा । बारामा ईस्लाम धर्मालम्बीहरुको महान पर्व रमजानको अवसरमा खाद्यन्न सामग्री बितरण गरिएको छ ।

ईस्लामिक रिलिफ नेपालले महागढिमाई नगरपालिका वडा नम्बर ८ बेतौनाका २ सय ४७ जना बिपन्न मुस्लिम घरपरिवारलाई खाद्यन्न सामग्री बितरण गरिएको हो ।

रमादान पर्बमा एक महिना सम्म मुस्लिम समुदाय ब्रत बस्ने गर्छन् । यो समयमा दैनिक ज्यालादारी गरी गुजारा गर्ने परिवारलाई काम गर्न गाह्रो हुन्छ ,त्यसैले उनीहरुको जीवनयापनमा कठिनाई नहोस भन्ने उदेश्यले खाद्यन्न सामग्री बितरण गरिएको सहजकर्ता कल्ब जनजागरण युवा क्लब बाराका अध्यक्ष भैयाराम यादवले जानकारी दिनुभयो ।

ईस्लामिक रिलिफले प्रती परिवार कतरनी चामल ४० किलो,मसुरो दाल ५ किलो,चिनी ४ किलो, सुर्यमुखी तेल ४ लिटर र नुन ३ किलो बितरण गरेको छ । प्रती परिवार बितरण गरिएको सो खाद्यान्नको लागत रु.५ हजार ६ सय २५ परेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।महागढिमाई नगरपालिकाको वडा नम्बर १ ,२ र ८ त्यस्तै सुवणर् गाउपालिकाको वडा नम्बर १,५,६ र ८ का १ हजार २ सय ३५ जना बिपन्न परिवारलाई यो अभियान अन्तरगत खाद्यान्न बितरण गरिने जनजागरण युवा क्लबका कोषाध्यक्ष सियाराम यादवले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार