Logo

फाइल तस्बिर

२२ चैत,जिराभवानी । पर्साको जिराभवानी गाउँपालिकामा बोलेरो पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

बोलेरो चालक ठोरी गाउँपालिका–५ क्षेत्रीलाइनका ३५ वर्षीय नकुल पौडेलको मृत्यु भएको हो । जिराभवानी–१ जगतिया टोलको हुलाकी सडकखण्डमा गएराती साढे १० बजेको समयमा बि आर ०१ पिए २८७६ नम्बरको बोलेरो अनियंत्रित भई पल्टिएको थियो ।

दुर्घटनामा गम्भिर घाईते भएका पौडेललाई उपचारका लागि वीरगञ्जस्थित एल.एस न्युरो अस्पताल ल्याईएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो । बोलेरोमा कति जना सवार थिए भने विषयमा खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार