Logo

२८ चैत, वीरगञ्ज । वीरगंञ्ज महानगर वडा नम्बर १२ मा निर्माण भईरहेको नालामा स्टिमेट अनुसारको काम नभएको खुलासा भएको छ । वीरगञ्ज–१२ स्थित रहेको एन्जल स्कुल नजिकैको नाला निर्माणमा स्टिमेट गरे अनुसारको काम नभएको भन्दै स्थानियले विरोध जनाएका हुन् ।

नाला निर्माणमा ब्रिगसोलिङ ढलानमा तोके बमोजिम काम नभएको स्थानियको भनाई छ । केन्द्रबाट प्राप्त बजेटमा नाला निर्माण बिकास कार्यक्रम अन्र्तगत अहिले सो काम भईरहेको हो ।

यस विषयमा पटकपटक जान्न खोजेपनि निर्माणको जिम्मा पाएका सब ईन्जिनियर पंकज सिंहले धम्क्याउने गरेको स्थानिय धिरज साहले बताए । उनले नाला निर्माण गर्दा पहिले इट्टाको सोलिङ्ग हुनुपर्नेमा सोलिङ्ग नै नगरि उक्त कार्य भईरहेको जानकारी दिए ।

बाईपास रोडदेखि एन्जल स्कुलसम्मको नाला निर्माणमा कतै ढुङ्गा त कतै ईट्टाको ब्रिगसोलिङ्ग प्रयोग भएको उनको भनाई छ ।

स्थानीयहरुले काम भइरहेको ठाउँमा ८ ईन्च फुटाएर हेर्दा समेत सोलिङ्ग नभेटिएको बताएका छन् । तर उक्त काममा खटिएका एक कामदारले तल ढुङ्गाको सोलिङ्ग दिएर काम भएको बताए ।

नाला निर्माण गर्दा ब्रिगसोलिङ्ग त्यसपछि क्रमशः १, ३ र ६ पिसिसि तथा १, २ र ४ रोडसाईड डण्डी ढलानमा काम भईरहेको ईन्जिनियर यादवले जानकारी दिए ।
यता यादवले भने बमोजिमको काम नभएको स्थानियको आरोप छ । यस विषयमा वीरगञ्ज महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष सुरेश गुप्ताले आफूलाई कुनै कुराको जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।


सम्बन्धित समाचार