Logo

८ मंसिर, वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले विभिन्न ठाउँबाट बरामद गरिएका २३ लाख ४२ हजार २ सय ९० रुपैया बराबरको भन्सार छलिका समान भन्सार दाखिला गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्सा, प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटीएको सयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ लिंक रोड स्थित एक घरमा छापामारी गरी १७ लाख १९ हजार ८ सय रुपैया बराबरको समान बरामद गरेको हो । घर भित्र अबैध रुपमा गोदाम गरी राखेको कपडा, छोकडा र आलमण्ड्स बरामद गरि आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक बिष्णु हरी घिमिरे जानकारी दिए ।

यसैगरी सशस्त्र प्रहरीले हिजो वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को विभिन्न स्थानहरुबाट अबैध रुपमा भन्सार छलिका समान पक्राउ गरेको छ । ४ लाख १८ हजार ३४० रुपैया बराबरको किराना सामान र मोटरपार्टस बरामद गरेको घिमिरेले बताए ।

वडा नम्बर १६ अन्तर्गतका स्थानहरुबाट १५ वटा साईकलमा लोड गरि नेपालबाट भारत तर्फ लैजादै गरेको ५५ हजार २५० रुपैया बराबरको एम्बिशन नाम गरेको मदिरा सहित साईकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । साईकलको मुल्यांकन ३० हजार गरिएको प्रहरीले जनाएको हो ।

यसैगरी सोही स्थानबाट ५ लाख ३ हजार ५९० रुपैया बराबरको मदिरा, साईकल, किराना सामान र मोटरपार्टस बरामद गरि आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक घिमिरेले बताए ।

यस्तै हिजो नै बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलीले वीरगञ्ज १ छप्कैयाबाट १ लाख १८ हजार ९ सय रुपैया बराबरको कपडा र जुत्ता बरामद गरि आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको उनले बताए ।


सम्बन्धित समाचार