Logo

फाइल तस्बिर

२९ वैशाख,वीरगञ्ज । वीरगञ्जको माईस्थान चोकदेखि आदर्शनगर चोक हुदैँ पशुपति घोष चोकसम्म रात्री बजार लाग्ने भएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्री बजार लगाउने मेयर राजेशमान सिंहको घोषणा बमोजिम आज र भोली बजार लाग्ने भएको हो ।

देशकै आर्थिक नगररि वीरगञ्ज महानगरको अर्थतन्त्रमा मद्दत पुग्ने उद्देश्यले रात्री बजारलाई निरन्तरता दिईएको नगरप्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहको उपस्थितिमा गत बैशाख १७ गते आइतबार साँझ बसेको रात्रि बजार ब्यवस्थापन समितिको बैठकले रात्रि बजारलाई निरन्तरता दिने निर्णय गरेको थियो । सोहि निर्णय बमोजिम यसपटक भने रात्रि बजार माइस्थान चोकदेखि लगाउने भएको छ ।

यता वीरगञ्ज बजारलाई चलायमान बनाउन आफूहरुले पहल मात्र गरिदिएको भन्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले रात्रि बजारलाई निरन्तरता दिन अब उद्योगी व्यवसायी नै अग्रसर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले रात्री बजार लाग्ने समयमा नेपाल भारत मुख्य सिमा रातको १ बजेसम्म खुल्ने व्यवस्था मिलाईएकाले सिमावर्ती भारतको रक्सौल लगायतका क्षेत्रबाट समेत पर्यटकको आगमन उल्लेख्य रहने र बजार चलायमान हुने विश्वास लिईएको बताउनुभयो ।
यसअघि नयाँ वर्षको अवसरमा महानगरपालिकाले गत चैत ३० गतेदेखि बैशाख १, २ गतेसम्म ३ दिनका लागि रात्री बजारको आयोजना गरेको थियो ।


सम्बन्धित समाचार