Logo

फाइल तस्बिर

२० असार, वीरगञ्ज । मकवानपुर र धादिङको पहाडी क्षेत्रमा उत्पादन भएको गाँजा र चरेश ठूलो परिणाममा पर्साका ग्रामिण क्षेत्रको नाका हुदै भारत जाने गरेको छ । भारतीय व्यापारी र गाँजा कारोवारमा संलग्न केही पर्सा, बारा र मकवानपुरका एजेण्डहरुले भारत तर्फ गाँजा लैजाने गरेका छन् ।

मकवानपुरको मनहरी, लोथर र सुनाचरीबाट पर्सा तथा चितवन राष्ट्रिय निकुञ्जको बाटो हुदै तश्करहरुले गाँजा र चरेश पर्साका ग्रामिण क्षेत्रका विभिन्न नाका प्रयोग गरी भारत तर्फ लैजाने गरेको यस कारोवारमा संलग्न व्यक्तिहरुले बताउने गरेका छन् ।

प्रहरीले थोरै परिणाममा गाँजा पक्राउ गरेको देखाउने भएपनि ग्रामिण क्षेत्रमा रहेका प्रहरी चौकीका इन्चार्जहरुको संलग्नतामा गाँजाको भारत पैठारी हुने गरेको बताइएको छ । गाँजा कारोवारीका अनुसार ग्रामिण क्षेत्रमा खटीएका सशस्त्र र नेपाल प्रहरीको सहयोगमा गाँजा र चरेशको ठूलो परिणाममा भारत तर्फ जाने गरेको हो ।

यसै विच मकवानपुर प्रहरीले गाँजा ढुवानीमा संलग्न केही भरीयाहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले १ सय ९० किलो गाँजासहित १२ जना पक्राउ गरेको छ । प्रहरीले १४४ किलो गाँजासहित ६ जना र थप ४७ किलो गाँजासहित थप ६ जना गरी १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले सवारी चेकजाँचको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट १९० किलो गाँजासहित त्यसमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चितवनबाट वीरगंजतर्फ आउदैँ गरेको बागमती प्रदेश ०१–०२५ च ३३८४ नम्बरको कार र प्र–२–०३–००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा प्रहरीले रातोमाटे चेकपोष्टबाट ४७ किलो गाँजा फेला परेको हो ।

प्रहरीले कारमा सवार पर्सा जिल्ला वीरगंज महानगरपालिका–१४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय बिनोद मण्डल, वीरगञ्ज–१८ का २० वर्षीया दुसमेना खातुन र २१ वर्षीया पुजा कुमारी मण्डल र मोटरसाइकलमा सवार पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–४ का २५ वर्षीय विनय चौधरी र वीरगञ्ज महानगरपालिका १४ का ३९ वर्षीय विनोद पासवानलाई पक्राउ गरेको हो ।

त्यस्तै, डीएल १ जीसी ३०३५ नम्वरको ईण्डियन ट्रक चालक भारतको मोतिहारी जिल्ला गोबिन्द बारा बस्ने ६५ वर्षीय लालबहादुर सहनी, डीएल १२ सीए ०५७८ नम्वरको स्कारपियोमा सवार पर्साको वीरगंज महानगरपालिका–१३ बस्ने २५ वर्षीय सन्तोश गुप्ता, बाराको बिश्रामपुर गाउँपालिका वडा नम्वर–४ बस्ने २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतम कुमार साह, पर्साको छिपहरमाई गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षीय रमेश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार