Logo

२० माघ,काठमाडौँ । प्रेस काउन्सिल नेपालले १० बटा सञ्चार माध्यमलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका ४ वटा सञ्चार माध्यमलाई भने फुकुवा गरेको छ ।

चालू आर्थिक बर्षको साउनदेखि माघ १५ गतेसम्म २४७ मिडियाविरुद्ध १५६ वटा उजुरी २१ वटा जनगुनासो दर्ता भएको जानकारी गराउँदै दर्ता भएका उजुरीमध्ये ५६ वटा गालीबेइज्जती चरित्रहत्या मानहानी, ८७ वटा गलत भ्रामक असन्तुलित दुष्प्रचार, ४ वटा बार्गेनिङ, ९ वटा हुबहु रहेको प्रेस काउन्सिलले जनाएको छ ।

त्यस्तै चालू आर्थिक बर्षमा दर्ता भएका उजुरी १५६ मध्ये कुल ९० वटा उजुरी यसअवधिमा फछ्यौट भएको जनाएको छ । अघिल्लो आर्थिक बर्षको प्रक्रियामा रहेका ९६ बढ़ा सहित १८६ वटा उजुरी फछ्यौट भएका छन् । यो अवधिमा २८७ सामग्री स्वनुगमन भएकोमा २६९ वटा फछ्यौट भएका छन् । आचारसंहितावमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने १० वटा अनलाइन सञ्चार माध्यमलाई कालोसूची अवज्ञाकारीको सूचीमा राखी कारवाही अगाडि बढाइएको जनाएको छ । तीन वटालाई सूचीकरणवाट समेत हटाई थप कारबाही गरिएको छ ।

प्रेस काउन्सिलले कार्यविधि बनाई परिमार्जन गरी मिडियाले सञ्चालन गरेका युट्युव च्यानल फेसबुक पेजको समेत नियमन गरिरहेको छ । मिडियामा आवद्ध नभएका त्यस्ता सामाजिक सञ्जाललाई भने आवश्यक अनुसन्धानका लागि सम्वन्धित निकायमा पत्राचार गरिएको जनाएको छ ।

चालू आर्थिक बर्षको साउनदेखि माघ १५ गतेसम्म हिंसा आतङ्कलाई प्रश्रय पुग्ने, द्वैप फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने मिडियाअन्तर्गत आबद्ध भएका मामाजिक सञ्जाल युटुयुब च्यानल ४ वटा, फेसबुक पेज १ तथा अनलाइन ५ वटालाई निर्देशन र ४ वटालाई सचेत गराइएको जनाएको छ ।

काउन्सिलको निर्देशनलाई अनदेखा गरी गलत विवरण राखी भ्रम उत्पन्न गर्ने, मिडियाको रूपमा दर्ता सूचीकरण नभएका ५४ युट्युब च्यानल ५ फेसबुक पेजलाई नेपाल प्रहरी, साईबर व्युरोमा कारवाहीको लागि पत्राचार भएको जनाएको छ ।


सम्बन्धित समाचार