Logo

२१ असार,वीरगञ्ज । बारा प्रहरीले एक क्विन्टल ६८ केजी गाजा बरामद गरेको छ । प्रहरीले बाराको कोल्हवी नगरपालिका–५ सोनाभार टोलमा रहेको जितेन्द्र चौधरीको घरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

घरमा गाजा लुकाएर राखेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोली चौधरीको घरमा पुगेको थियो । घरमा कोही नभएको बेलामा स्थानीय जनप्रतिनिधीको रोहबरमा खानतलाशी गर्दा घरको कोठामा लुकाई राखेको अवस्थामा एक क्विन्टल प्रतिबन्धित गाजा बरामद गरेको बाराका प्रहरी प्रबक्ता डिएसपी पुरुषोतम पाण्डेले जानकारी दिनुभयो ।

गाजालाई ईलाका प्रहरी कार्यालय कोल्हवीमा राखिएको छ । घरधनी चौधरीको खोजी कार्य भईरहेको डिएसपी पाण्डेले बताउनुभयो ।


सम्बन्धित समाचार