Logo

१० साउन,वीरगञ्ज । बाराको सिमावर्तित मोतिहारी प्रहरीले भारी मात्रामा चरेस र गाजाको साथ तीन नेपाली र दुई जना भारतिय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

बाराको पचरौता नगरपालिका नजिक भारतको छौडादानोबाट लखौरा आउदै गरेको एक सफारी गाडी, एउटा पिक्कप र एउटा बाईक लाई लखौरा नरायण चौक नजिक चेकजाँच गर्दा ११ किलो पाँच सय ग्राम चरेस र ३६ किलो गाजा बरामद गरि तीन जना नेपाली र दुई जना भारतियलाई नियन्त्रणमा लिएका हो ।

पक्राउ पर्नेहरुमा बाराको सिम्रौनगढ निवासस् मनोज कुमार साह,कलैयाका धर्मेन्द्र कुशवाहा, रोतहट कटहरियाका शिवबालक साह,भारतीय नागरिक सुजित कुमार रजालन्धर कुमार रहेका छन । उनीहरुसित सोधपुछ भईरहेको बिहार मोतिहारीका प्रहरी उपरिक्षक कान्तेश कुमारले जानकारी दिनुभयो । बरामद चरेस र गाजाको मुल्य एक करोड भएको प्रहरीले अनुमान गरेको छ ।


सम्बन्धित समाचार