Logo

११ साउन, वीरगञ्ज । बारा प्रहरीले एक दर्जन चोरीको मोटरसाईकल सहित सात जना चोरहरुलाई पक्राउ गरेको छ । प्रहरीले चोरीको मोटरसाईकल सहित बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ बस्ने विर्धोज वाईवा, सुदर्शन बोम्जन, वडा नम्बर २० बस्ने दिपेन्द्र कुमार महतो, राधेश्याम महतो, सतेन्द्र कुमार गुप्तालाई पक्राउ गरेको हो ।

यस्तै बाराकै राजिनन्द महतो र रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–२ मा बस्ने पंचालाल बलोन पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरीको १२ वटा मोटरसाईकलहरु बरामद पनि गरिएको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी निरिक्षक जयकृष्ण प्रसाद कुर्मीले जानकारी दिनुभयो ।पक्राउ परेकाहरुलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भई रहेको उनले बताउनुभयो ।


सम्बन्धित समाचार