Logo

११ साउन, वीरगञ्ज । बारा प्रहरीले आफ्नै श्रीमतीको हत्या गर्ने भारतीय नागरिकलाई सार्वजनिक गरेको छ । प्रहरीले भारत पुर्वी चम्पारण ढाका थाना रुपैलिया घर भएका ३१ वर्षिय मोहमद अमानुल्लाह मियाँलाई सार्बजनिक गरेको हो ।

हिजो बिहान तीन बजेको समयमा बाराको सिम्रौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली आएका मियाँले श्रीमती २२ बर्षिय आसमिन खातुनको हत्या गरेका थिए । उनले घरायसी बिबाद हुदा मासु काटने हतियारले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी निरिक्षक जयकृष्ण कुर्मीले जानकारी दिनुभयो ।

घटनाको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय सिम्रौनगगढ बाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थलबाट भाग्दै गरेका मियाँलाई पक्राउ गरेको थियो । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको हतियारसमेत बरामद गरेको कुर्मीले बताउनुभयो ।

एक छोरा र दुई छोरी रहेको मियाँले यसअघि पनि पटकपटक श्रीमतीमाथि आक्रमण गर्ने गरेको भनि खुलेको उहाँको भनाइ छ । पक्राउ परेका मियाँमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार