Logo

१२ साउन, वीरगञ्ज । धरौटी तिर्न नसकेपछि एक जना मिटरब्याजीका अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् । सप्तरीको राजविराज नगरपालिका वडा नं. ७ बस्ने हेम नारायण झा पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

मिटरब्याज लेनदेन सम्बन्धमा हरिनारायण रजक, मो.तजमुल मिँया, कौशल्या देवि समेतले जाहेरी दिएका थिए । झा विरुद्ध परेको ठगी तथा आपराधिक विश्वासघात मुद्दामा प्रहरीले अनुसन्धान पछि जिल्ला अदालतमा फाईलहरु पेस गरेको थियोे ।

मिटरब्याजीका रुपमा परिचित उनलाई २५ लाख धरौटी तोकिएकोमा धरौटी तिर्न नसक्दा सप्तरी कारागारमा चलान गरिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार