Logo

१२ साउन, वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले गत आर्थिक वर्ष ०७९/८० मा तीन करोड ४२ लाख ६५ हजार रुपैँया राजस्व संकलन गरेको छ । ट्राफिक नियमको उल्लङघन गर्ने ३५ हजार ५ सय ३४ सवारी चालकलाई कारबाही गरी उक्त मूल्य बराबरको राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्साले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक मनिराम थापाले ट्राफिक प्रहरीले गत आवमा सवारी चालकका लागि विभिन्न चेतनामूलक अभियान सञ्चालन गरेको थियो । उहाँका अनुसार गत आवमा कार्यलयले ४ सय ४८ वटा सचेतना कक्षा सञ्चालन गरेको थियो ।

कक्षामा ६३ हजार २ सय ३८ जना सवारीचालक, यात्रु र विद्यार्थी सहभागीता रहेको उहाँको भनाइ छ । त्यस्तै सोही आवमा जिल्लाका विभिन्न स्थानमा ३ सय ७४ सवारीसाधन दुर्घटनामा परेका थिए । सोही दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएका थिए ।

भने ४ सय ९३ जना घाइते भएको थापाले बताउनुभयो । यता जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आव ०७८/०७९ मा ३० हजार ९ सय ७४ जना सवारी चालकलाई कारबाही गरि दुई करोड ८५ लाख २१ हजार ५ सय राजस्व संकलन गरेको थियो । कार्यलयले आर्थिक वर्ष ०७८/०७९ को तुलनामा ०७९/०८० मा ५७ लाख ४३ हजार ५ सय रुपैँया बढि राजश्व संकलन गरेको हो ।


सम्बन्धित समाचार