Logo

३० साउन, वीरगञ्ज । पर्सा प्रहरीले ३ लाख भन्दा बढिको मालसामान पक्राउ गरेको छ । भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको करिब ३ लाख मूल्य बराबरको विभिन्न किसिमको लत्ताकपडा तथा हाडवेयरका पार्टहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्जको रजतजयन्ती चोक स्थित सडकखण्डमा भारतबाट ल्याउदैँ गरेको लत्ताकपडा तथा हाडवेयरका पार्टस भित्राउदैँ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपनिरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

मंगलवार दिउसो ०२ः ३० बजेको समयमा पर्सा प्रहरीको गस्ती टोली गस्ती गर्दै गरेको गस्ती टोलीलाई देख्नका साथ मालसामान छोडेर फरार भएको गिरीले बताउनु भयो । नियन्त्रणमा लिएको सामान ३ लाख ९८ हजार ९ सय ६० रुपैया मुल्याङ्कन गरी वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार