Logo

३ भदौ, विरगंज । दुई वटा पेस्तोलसहित सर्लाहीमा दुई जना पक्राउ परेका छन् ।

सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति सर्लाहीकै हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादवलाई दुई वटा पेस्तोलसहित पक्राउ गरेको हो ।

उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका-६ हुँदै भारतबाट नेपाल आउँदै थिए । चेकजाँचका क्रममा पेस्तोल र गोली भेटिएपछि उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ ।

दुवै जनालाई बरामद सामानसहित कारबाहीका लागि शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्रले जनाएको छ ।


सम्बन्धित समाचार