Logo

४ भदौ,वीरगञ्ज । नेपाली काग्रेंस नेतृत्वको सरकारले मात्र देश बिकास तथा समृद्ध नेपाल बनाउन सक्ने नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउदले बताउनुभएको छ । पर्साको पटेर्वासुगौली गाँउपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै मन्त्री साउदले यस्तो बताउनुभएको हो ।

देश बिकासका लागि गुणस्तर शिक्षा अति आवश्यक भएको उल्ले गर्दै उहाँले वर्तमान सरकारले देशको शैक्षिक गुणस्तर बढाउनका लागि काम गरिरहेको जानकारी दिनुभयो । उहाँले अहिले शिक्षकहरुको हकहितको लागि सरकार काम गरिरहेको र शिक्षामा क्षमतावान तालिम प्राप्त शिक्षकको अभाव रहेसम्म शैक्षिक प्रणालीमा सुधार नआउने बताउनुभयो । विद्यालयमा अहिले दरबन्दीको पनि कार्य हुदै गएको र हरेक विद्यालयमा व्यवस्थित कक्षाकोठा तथा लाइब्रेरी लगायतको व्यवस्थापन गर्नु जरुरी रहेको उहाँको भनाइ छ ।

पटेर्वासुगौली गाउँपालिकाको नँया बन्ने प्रशासकिय भवनको आज एक कार्यक्रमकाबिच संघिय सरकारका परराष्ट्र मन्त्री एनपि साउदले शिलान्यास गर्नुभएको थियो । भवन स्थानीय सरकारको लागतबाट निर्माण हुन लागेको हो । स्थानीय सरकारको ६ करोड ९ लाख रुपैँयाको लागतमा सभा हल, भवनको घेराबार, ईन्टरलक हुने प्रमुख प्रशाकीय अधिकृत सन्देश कुमार यादवले बताउनुभयो । दुई वर्षमा भवन निर्माण गरि निर्माण कम्पनीलाई हस्तान्तरण गरिने बमोजिम काम सुरु भएको उहाँले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस पर्साका सभापति तथा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीको नेतृत्वमा गाउँपालिकाले विकाशको गति हासिल गरेको जानकारी दिनुभयो । आगामी दिनमा पर्सा जिल्लाको प्रसिद्ध धार्मिक स्थल दूधेश्वर महादेव मन्दिर रामभौरी भाठा धामको सडक चाडैँ निर्माण गरिने उहाँको भनाइ छ ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले अहिले देशमा तीन तहको सरकार रहेको र स्थानीय सरकार घर आंगनको सरकार भएकोले जनताको सेवा गर्नलाई भवनको आवश्यकता रहेको उल्लेख गर्नुभयो । पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले भवन बनाउन कार्य अगाडि बढाउनु सराहनीय रहेको बताउनुभयो ।

कार्यक्रममा भवन निर्माणका जग्गा दाता मनोज चौधरीलाई सम्मानित गरिएको थियो ।


सम्बन्धित समाचार