Logo

२२ असोज, काठमाडौं । सामाजिक सदभाव भड्काउने उदेश्यले अभिव्यक्ति दिदै हिडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आज काठमाडौंमा अज्ञात समूहले कालोमोसो दलेर अभद्र गरेका छन् । विवादास्पद अभिव्यक्ति दिँदै आएका उनलाई उक्त समूहले एक होटल बाहिर कालोमोसो दलेको हुन ।

राजधानीको एक होटलमा प्रसाईंले दिउँसो १२.४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।

नेपाल पुन राजसंस्था फर्काउने भन्दै प्रसाईंले झापामा एक कार्यक्रमको आयोजना गरी पूर्वराजा ज्ञानेन्द्र शाहलाई सार्वजनिक मंचमा राखेर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए ।

दुर्गा प्रसाईले विभिन्न बैक तथा वित्तिय संस्थाका विरुद्ध समेत आन्दोलन गर्दै आएका थिए । उनले नेपालमा लामोसमय देखि बसोबास गरेका मारवाडी समुदायलाई लक्षित गरी उक्त समुदायका बारेमा गलत भ्रम सृजना गर्ने र सामाजिक सदभाव भड्काउने खालका अभिव्यक्ति दिदै हिडेका थिए ।

प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषा गरेका थिए । प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।


सम्बन्धित समाचार