Logo

०९ वैशाख, वीरगञ्ज । छिमेकी मुलुक भारतको गहुँ खेतमा लगाइएको आगोको झिल्कोले पर्सामा आगलागी हुँदा करीब १७ लाख बराबरको क्षति भएको छ ।

भारतीय सीमावर्ती बेतिया जिल्ला, मैनाटार प्रखण्डको बसनपुरका किसानले गहुँको खेतमा रहेको ठुटो र छवालीमा आगो लगाउँदा त्यसको झिल्कोले नेपालतर्फ आगलागी फैलिएर ठूलो परिमाणमा क्षति भएको हो । बसनपुरका किसानले आफ्नो खेतमा गहुँ काटेपछि रहेको ठुटो र छवालीमा आगो लगाएका थिए ।

शनिवार दिउँसो तेज हावा चलेको कारण त्यहाँबाट झिल्को नेपालतर्फ आएर छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको भलुवहियाका विभिन्न घरमा आगलागी भएको छ । स्थानिय बिसुन पासवान, वीरेन्द्र यादव सहित दुईजनाको घर, मनबोध यादवको कुखुरा फार्म र सो क्षेत्रमा रहेका दशौं बिघामा रहेको गहुँबाली आगलागीको चपेटामा परेका छन् ।

कुखुरा फार्ममा रहेका कुखुरा दुई हजार, डब्बा, भाँडाबर्तन गरी लाखौंको क्षति भएको फार्म सञ्चालक मनबोध यादवले बताए ।

जिल्ला प्रहरी कार्यालय, पर्साले ताराचन्द्र साह तेली, किशुनदेव यादव, अर्जुन यादव, जुगुल यादव, साहेब राउत अहिर, हाकिम यादव, विश्वनाथ यादव, भिखारी राय यादवसहितको दशौं बिघा गहुँबाली गरी करीब साढे १२ लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

उनले कुखुरा फार्मका सञ्चालक यादवको चार लाख रुपैयाँ बराबर क्षति भएको बताए ।

यो पनि पढ्नुहोस् :

भारतको गहुँ खेतमा लगाइएको आगोले जलायो पर्साको भलुवहियाका घर


सम्बन्धित समाचार