Logo

फाइल फोटो

८ वैशाख,वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकामा भएको आगलागी छिमेकी राज्य भारतबाट सल्केर आएको खुलेको छ । गाउँपालिकाको पडा नम्बर १ भलुवहिया टोलमा शनिबार दिउँसो भएको आगलागी भारतबाट सल्केर आएको खुलेको हो ।

भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको ‘आगोको झिल्का’ उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ ।

भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केहि घरहरु पूर्णरुपले जलेर नष्ट भएको प्रहरीले जनायो ।

आगलागीबाट भएको क्षतीबारे विवरण आइनसकेको मिर्जापुर प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार अहिले प्रहरी, स्थानीयबासिन्दा तथा दमकलको सहयोग आयो नियन्त्रणमा लिने कार्य भइरहेको छ ।


सम्बन्धित समाचार