Logo

१० वैशाख, वीरगञ्ज । इण्डियन प्रिमियर लिग आईपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ ।

राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ । जारी आईपीएलमा राजस्थान सात खेलमा छ जित र एक हारसहित १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

मुम्बईले अहिलेसम्म सात खेलमा तीन खेल जितेको छ भने चार खेलमा हार व्यहोरेर छ अङ्कसहित सातौँ स्थानमा रहेको छ । राजस्थान यस सिजनमासन्जु सामसनको कप्तानीमा खेलिरहेको छ ।

राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने सन् २०२२ को उपविजेता टिम हो । त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ ।


सम्बन्धित समाचार