Logo

२२ जेठ,काठमाडौँ । सुनको सिक्री लुट्ने र किनबेच गरेको आरोपमा मधेश प्रदेशका २ जनासहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मधेश प्रदेशको सर्लाही घर भई काठमाण्डौँ बस्ने रामहरि खड्का, हरि शंकर चौधरी र गोरखा घर भएर कपुरधारा बस्ने २८ वर्षीया उषा विष्ट रहेका छन् । गत बैशाख ३० मा सुन्धाराबाट एउटै ट्याक्सीमा चढेका कविराज नेपालीको घाँटीमा लगाएको सिक्री विष्टले लुटेर भागेकी थिइन् ।

आरोपी विष्टलाई माछापोखरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उषा विष्टले लुटेको सुन रामहरि खड्काले चाबहिलमा बस्ने ३७ वर्षीय हरि शङ्कर चौधरीलाई बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार