
२२ माघ,वीरगञ्ज । उपकार सेवा नेपालले वीरगन्ज महानगरपालिका वडा नम्बर १, छपकैयाका दुई सहयोगापेक्षी व्यक्तिलाई ह्विल चेयर वितरण गरेको छ । छप्कैयाका रन्जन दास र श्यामनाथ तुरहालाई दुई थान ह्वीलचेयर प्रदान गरेको छ।
सामाजिक अभियन्ता प्रकाश थारूका अनुसार, केही दिनअघि आयोजित निःशुल्क आँखा शिविरको क्रममा ती व्यक्तिरूसँग भेटघाट भएको थियो। उक्त शिविरका क्रममा उनीहरूको असहज परिस्थितिबारे जानकारी पाएपछि समाजसेवाको क्षेत्रमा क्रियाशील उपकार सेवा नेपालले अपांगता भएका तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेको छ। यस सहयोगले रन्जन दास र श्यामनाथ तुरहाको दैनिक जीवनयापन्नमा सहजता ल्याउने विश्वास गरिएको सामाजिक अभियन्ता प्रकाश थारूले बताए ।
दुबै जनाको शारीरिक अवस्था पुर्ण रुप अपाङ्ता भएकाले उनीहरूको अवस्थालाई ख्याल गर्दै ऊनीहरुको घरमै पुगेर ह्विल चेयर प्रदान गरेको हो । कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ लगायत स्थानीयहरुको समेत उपस्थिति रहेको थियो