Logo

६,असार काठमाडौं । नेपाल–चीन जोड्ने रसुवा–केरुङ मितेरी पुल चीनले बनाइदिने भएको छ।

गत वर्ष २०८२ असारको अन्तिम साता तिब्बततर्फबाट आएको बाढीले बगाएको नेपाल-चीन जोड्ने रसुवा–केरुङ मितेरी पुल चीनले बनाइदिने भएको हो। त्यसका लागि चीनले परराष्ट्र मन्त्रालयमार्फत पूर्वाधार विकास मन्त्रालयमा प्रस्ताव पेस गरेको छ ।

रसुवा-केरुङ मितेरी स्थायी पुल निर्माण गर्न चीनबाट परियोजना कार्यान्वयन सम्झौता प्रस्ताव आएको पूर्वाधार विकास मन्त्रालयका सीडीई अमित श्रेष्ठले जानकारी दिनुभयो । पुलको नाम, ठाउँको नामलगायत केही प्राविधिक विषयमा सुधार गर्नुपर्ने देखिएकाले परियोजना कार्यान्वयन सम्झौता प्रस्तावमा सुधार गर्न अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको छ।

रसुवा–केरुङ मितेरी पुल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ। अहिले परियोजना कार्यान्वयन सम्झौता प्रस्ताव मात्र आएकाले पुल कस्तो प्रकृतिको हुने भन्ने विषय डिजाइन स्वीकृत भएपछि मात्र भन्न सकिने उहाँको भनाई छ ।


सम्बन्धित समाचार