६, असार काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको छ ।
दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका काम–कारबाहीमा निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ।
मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषद्को निर्णय तथा सरकारकोे कामकारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गरिरहेका छन्।
आजको बैठकमा संसदीय समितिका गतिविधि, संसद्मा कांग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने भएको छ।
















