Logo

आईसीसी टी–२० विश्वकप अन्तर्गत नेदरल्यान्डस्विरुद्धको नेपालले दोस्रो विकेट गुमाएको छ।

नेदरल्यान्डस्विरुद्ध नेपालले दोस्रो विकेटको रुपमा नेपालले अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको हो।

ओपनर कुशल ७ रन बनाउँदा भान विकको बलका एलबीडब्लु धरापमा परे। योसँगै नेपालले दुवै ओपनरलाई गुमाएको छ।

त्यसअघि दोस्रो ओभरको अन्तिम बलमा नेपालले ओपनर आशिफ शेखलाई गुमाएको थियो। आशिफ ४ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भिभियन किंग्माको हातबाट क्याच आउट भए।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले चौथो ओभरको खेल जारी रहँदा २ विकेट गुमाएर ५ ओभरमा २९ रन बनाएर खेलिरहेको छ।

क्रिजमा अनिल शाह ४ रनमा अविजित छन्। क्रिजमा अहिले कप्तान रोहित पौडेल आएका छन्।


सम्बन्धित समाचार