Logo

२७ जेठ, वीरगञ्ज । नेपाल भित्रन लागेको मनसुनलाई पश्चिमी वायुले अवरोध गरेको छ ।

यसअघि भारतको सिक्किमसम्म आइपुगेको मनसुन नेपाल आउने सरदर मिति जुन १३ भन्दा ४–५ दिन अगाडि नै भित्रने अनुमान रहे पनि पश्चिमी वायुको प्रभावका कारण सरदर मितिकै आसपासमा भित्रने सम्भावना बढेको हो ।

अहिले पश्चिमबाट पूर्वतर्फ वहने हावाले सामान्य अवरोध गरेकोमा भरे राति वा भोलि बिहानदेखि पूर्वबाट पश्चिम वहने हावाको चाप बढ्ने भएकोले मनसुन भित्रन सहयोग पुग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार