Logo

२७ जेठ,काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ परेका छन् । प्रहरीले भन्सार छलीका अवैध सुनसहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका सरोज कोइराला, रौतहट कटहरिया नगरपालिकाका मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका निवासी मोहमद अरमान र सप्तरी खडक गरपालिकाका ज्याउदिन मिया रहेका छन ।

प्रहरीले करिब २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । कतार एयर उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

५० ग्राम सुनको सिक्रिसहित अरमान र मियालाई पक्राउ गरिएको प्रहरी बताउँछ ।


सम्बन्धित समाचार