Logo

३१ जेठ,काठमाडौँ । किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग गरेको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले सरकार मलको अभाव छैन भन्ने, तर किसानले १० किलोभन्दा बढी मल नपाउने अवस्था रहेको बताए ।

उनले भने, ‘सरकार मलको अभाव छैन भन्छ । तर, भक्तपुरका किसानहरू १० किलोभन्दा मल पाउँदैनन् । भक्तपुरको नयाँ ठिमी, बोडे कृषि उब्जनी हुने क्षेत्र छ । तर, सरकार मल अभाव छैन भन्छ अर्कोतिर मल पाइँदैन । कालोबजारी गरेर मल दिने जति पनि भेटिन्छन् । यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । कृषि उत्पादन बढाउनको लागि मलको व्यवस्था गरोस् ।’

कृषि उत्पादन बढाउनको लागि समयमा नै किसानलाई मलको व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए ।


सम्बन्धित समाचार