Logo

१० असार, सेढवा । पर्साको कालिकामाई गाँउपालिकाले आर्थिक बर्ष २०८१/०८२ सालको निति तथा कार्यक्रम सार्वजनिक गरेका छन।

वडा नं ३ हरिहरपुर बिर्तामा रहेका पालिकाको सभा हलमा आयोजित कार्यक्रममा निति तथा कार्यक्रम सम्पन्न गरेका छन। गाउपालिका अध्यक्ष बशिष्ठ गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अगामी आर्थिक बर्षका निति तथा कार्यक्रम गाउपालिका उपाध्यक्ष राजमती बरैनीले प्रस्तुत गरेका थिए।

आ. ब. २०८१/८२ को निति तथा कार्यक्रममा अनुमानित ४३ करोड ६५ लाख रुपैयाको बिनियोजन हुने प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले बताए। आगामी आबको निति अन्तर्गत कालिकामाई गाँउपालिकाले शिक्षा , कृषि, स्वास्थ्यलाई मूख्य प्राथमिकतामा राखेका छन।

गुणस्तर शिक्षाका लागि कतिपय नया कार्यक्रम थप्प गरिने योजना रहेका छन। पालिकामा बिद्यालय बाहिर रहेका गरिब परिवारका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच गराउने निति ल्याएका छन। बिद्यालय उमेरका बालबालिका बिद्यालयमा आए पनि टिकाउनका लागि बिभिन्न कार्यक्रम ल्याउने निति ल्याउने जनाएका छन।

अहिले किसानहरुलाई कृषि कार्यमा उन्नत जातका बीऊ, रासायनिक मल , किटनाशक औषधि तथा सिचाईका समस्या झेल्नु परेका हुदा त्यसका न्यूनीकरणका लागि बिभिन्न कार्यक्रम ल्याउने नितिमा रहेका छन।

यहका अलावा समूदायमा बिधमान महिला हिंसा, बालबिवाह, बाल शोषण लगायतका बिकृति हटाउन कार्यक्रम ल्याउने जनाईएका छन।
कार्यक्रममा वडाध्यक्ष हरु लालबाबु राउत बरै,सोनालाल प्रसाद चौरसिया, संजय कुमार पटेल, संजय कुमार साह, जयनारायण प्रसाद कुर्मी कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता रहेका थिए।


सम्बन्धित समाचार