Logo

१० असार,बारा । बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा हरिओम प्रसाद जयसवाल हाजिर भएका छन् । उनी २० औँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा त्यहाँ हाजिर भएका हुन् ।

उपप्रमुख नजमु शेहरको अध्यक्षतामा स्वागत समारोहको आयोजना गरी कर्मचारीहरुले जयसवाललाई स्वागत गरे ।

प्रमुख प्रशासकिय अधिकृतको पदभार ग्रहण गर्दै जयसवालले ऐतिहासिक, पर्यटकीय एवम् धार्मिक स्थलको रुपमा परिचित सिम्रौनगढलाई सौन्दर्यकरण गरी विश्व स्तरमा पहिचान दिलाउन प्रयास गर्ने बताए । विगतमा भएका कार्यहरुको मूल्यांकन गर्दै आफू यस क्षेत्रमा आउन पाएकाले जनताहरुलाई सेवासुविधा उपलब्ध गराउन कुनै कसर नछाड्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा वडाध्यक्षहरु रामएकवाल प्रसाद यादव, एजुलाह अन्सारी, सुरेन्द्र प्रसाद जयसबाल, अवधेश सहनी लगायत कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार