११ असार,काठमाडौं । अर्थ मन्त्रालयले ५ जना सहसचिवहरुको आन्तरिक सरुवा गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ सहसचिवविरुद्ध मुद्दा दायर गरेको थियो। सोसँगै उनीहरु निलम्बनमा परेपछि मन्त्रालयले जिम्मेवारी हेरफेर गरेको हो। अर्थ मन्त्रालयका अनुसार रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख र नरेन्द्र रानालाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।
त्यस्तै नारायण सापकोटालाई प्रशासन प्रमुखबाट महालेखा नियन्त्रकको कार्यालय, सुशीला अर्याललाई महालेखा नियन्त्रकको कार्यालय र रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ।
अख्तियारले बजेट महाशाखा प्रमुख रितेश शाक्य र भन्सार विभागका उपमहानिर्देशक टंक पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।