Logo

३१ असार, काठमाडौं । अमेरिकाको अलाबामाको एक नाइट क्लबमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।

घटनामा ९ जना घाइते भएका छन् ।

नाइट क्लबभित्र प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार हुँदा दुई महिला र दुइ पुरुष मारिएका हुन् ।

घटना लगत्तै फरार रहेका आक्रमणकारीको खोजी भइरहेको छ । सयभन्दा बढी सहभागी सो नाइटक्लबमा गोली प्रहार हुँदा भागदौड मच्चिएको थियो । सन् २०२४ शुरु भए यता अमेरिकामा कम्तिमा २९३ गोलीकाण्ड भईसकेका छन् ।


सम्बन्धित समाचार