Logo

३ साउन,वीरगञ्ज । भारत यूपीको गोंडामा बिहीबार दिउँसो ठूलो रेल दुर्घटना भएको छ।

चण्डीगढबाट गोरखपुर हुँदै असम जाँदै गरेको डिब्रुगढ एक्सप्रेसका १० वटा डिब्बा पटरीबाट खसेका छन् । दुर्घटनामा दुई यात्रुको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

घटना गोरखपुर रेलवे खण्डको मोतीगञ्ज सीमामा भएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ रेलका सबै वरिष्ठ अधिकारी घटनास्थलमा पुगेका छन् र उद्धार कार्य जारी छ।

रेल चण्डीगढबाट सुरु भएको थियो र यो दुर्घटना गोंडाभन्दा करिब २० किलोमिटर अगाडि भएको थियो । दुईवटा बोगी पूर्ण रूपमा पटरीबाट खसेका छन् । ट्र्याकहरू पनि उखेलिएका छन् । क्षतिग्रस्त कोचमा फसेका यात्रुलाई बाहिर निकाल्ने काम भइरहेको छ ।


सम्बन्धित समाचार