Logo

८ साउन,काठमाडौँ। जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक बाटो, सडक, विद्यालय, सरकारी कार्यालयलगायतका स्थानमा डीजे साउण्ड सिस्टम नबजाउन आग्रह गरेको छ ।

विद्यार्थीहरूको पठनपाठनमा, सरकारी कार्यालयहरूको कामकाजमा असर परेको र ध्वनि प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर पारेकोले डीजे साउण्ड सिष्टमका नबजाउन प्रहरीले आग्रह गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले विज्ञप्तिमा भनिएको छ, ‘ समाजमा मानसिक तथा शारीरिक समस्या उत्पन्न भएको, झैँ(झगडाका घटनाहरू बढेको, विद्यार्थीहरूको पठनपाठनमा, सरकारी कार्यालयहरूको कामकाजमा असर परेको र ध्वनि प्रदूषणले जनस्वास्थ्यमा प्रतिकुल असर पारेको भनी पटक(पटक व्यापक जनगुनासोहरू प्राप्त भएको हुँदा चर्को स्वरमा डीजे साउण्ड सिस्टम नबजाउन हुन अनुरोध गरिएको छ।’

साथै समाजमा प्रतिकूल असर पार्ने खालका डीजे साउण्ड बजाएमा कारबाही गर्ने चेतावनी समेत दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


सम्बन्धित समाचार