Logo

१७ साउन, काठमाडौं । सहकारी पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै पीडितहरुले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको छ । बचत फिर्ताका लागि विभिन्न चरणमा गरिएको आन्दोलन अनुसार सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि गत जेठ ११ गतेदेखि उनीहरुले रिले अनशन गरेका थिए ।

रिले अनशन ६५ दिन पूरा गर्दा पनि सरकार संवेदनहीन भएको पीडितहरुको गुनासो छ । त्यसैले महासंघले रत्नपार्क क्षेत्रमा मानव साङ्लोसहित प्रदर्शन गर्ने र हस्ताक्षर अभियान पनि चलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सहकारी पीडितहरु मुखमा टेप लगाएर प्रदर्शनमा सहभागी छन् ।

उनीहरुले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन् ।


सम्बन्धित समाचार