Logo

१३ असोज, काठमाडौँ ।  दक्षिण–पूर्वी अमेरिकामा हेलेन आँधी र बाढीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।

आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । आँधीले सयौं घरको छाना उडाएको छ । ठाउँ ठाउँमा बिजुलीको पोल ढलेकाले हजारौं बिजुलीबिहीन अवस्थामा रहेका छन् ।

आँधीसँगै आएको बाढीमा फसेका मानिसहरूलाई उद्धारका लागि सयौं उद्धारकर्मीहरु परिचालन गरिनुका साथै हेलिकप्टर समेत परिचालन गरिएको छ । त्यसमध्ये टेनेसी अस्पतालको छतमा फसेका करिब ५० कर्मचारी र बिरामीलाई उद्धार गरिएको छ ।

बिहीबार राति फ्लोरिडाको तटमा आइपुगेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आँधी हो । यो उत्तरतर्फ जर्जिया र क्यारोलिना तर्फ सरेको छ । आँधीका कारण अर्बौँ डलरको नोक्सानी भएको बताइएको छ । यसैबीच, बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।


सम्बन्धित समाचार