Logo

२७ कात्तिक,वीरगञ्ज । प्रहरीले मापदण्ड भन्दा बढी भाडा असुल गरेको आरोपमा दुई जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ बस्ने ६५ बर्षिय अशोक गुप्ता र वडा नम्बर १८ बस्ने ४० बर्षिय विजय साह रहेका छन ।

वीरगञ्ज बसपार्कस्थित सार्बजनिक बस हाईस तथा सुमोमा सर्वसाधारण यात्रुहरूसंग मापदण्ड विपरीत बढी भाडा लिने गरेको सुचनाको आधारमा प्रहरीले दुबैजनालाई पक्राउ गरेको हो ।

लामो दुरीका सार्वजनिक सवारी साधन छुटने काउन्टरबाट दुबैजनालाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।पक्राउ परेका दुबैजनाको बिषयमा थप अनुसन्धान भईरहेको उनले बताए ।


सम्बन्धित समाचार