Logo

११ पुष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ ड्राईपोर्ट बहुअरी चोकमा ट्रक र मोटरसाईल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाईते भएका छन् ।

नम्बर नखुलेको भारतिय नम्बरको ट्रकको ठक्करबाट ना २५ प ९०९१ मोटरसाईकलमा सवार १४ वर्षिय राज मिश्राको मृत्यु भएको छ भने मोटरसाईकल चालक सन्दीप पाण्डेय समान्य घाईते भएका छन् । मृतक मिश्रा र घाईते पाण्डेय दुवै जना बारा जिल्लाका हुन् ।

मृतक मिश्रा बारा जिल्ला सुवर्ण गाउँपालिका निवासी हुन् ।भने कलैया ६ निवासी सन्दीप पाण्डेय हुन् ।
केही काम विशेषले उनीहरु वीरगञ्जको श्रीसिया गएको खबर प्राप्त भएको छ । घर फर्किने क्रममा गएराति ८ः२० बजे उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार तीव्र गतिमा रहेको भारतिय नम्बर प्लेटको ट्रकले मोटरसाइकललाई ठक्कर दिएर भागेको छ । प्रहरीले यस दुर्घटनाको अनुसन्धान थालेको छ ।

स्थानियले ट्रक र ट्रक चालकलाई पक्राउ गरी कारावाही गर्न घटनास्थलमा आज विहान जम्मा भएर प्रहरीलाई दबाब सृजना गरेका छन् । विवरण संकलन तथा ट्रक र ट्रक चालकको खोजी कार्यमा प्रहरी टोली जुटिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी बताए ।

घाईते पाण्डेयलाई उपचारपछि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर सोधपुछ भईरहेको लम्सालले जानकारी दिए ।


सम्बन्धित समाचार