Logo

१२ पुष, वीरगञ्ज । सशस्त्र प्रहरी बल, पर्साले विहीबार २२ लाख ६९ हजार ४३० रुपैया बराबरका अबैध समान वीरगञ्ज भन्सार दाखिला गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हे.क्वा पर्सा मातहतका प्रहरी सीमा सुरक्षा गुल्म सु.गुल्म वीरगञ्ज, भिखामपुर, वि.ओ.पि. पिडारीगुठ्ठी र अम्मरपट्टीबाट खटिएका सुरक्षा टोलीले पर्साका विभिन्न स्थानबाट पक्राउ गरेका समान हिजो वीरगञ्ज भन्सार दाखिला गरेको हो ।

पुष ७ गते देखि पुष ११ गतेसम्म पर्साका विभिन्न स्थानबाट अबैधरुपमा भन्सार छलि नेपाल भित्राइएका समान पक्राउ गरि २२ लाख ६९ हजार ४३० रुपैया बराबरका समान भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

१० लाख बराबरको चक्लेट, ३ लाख ६८ हजार ६८० रुपैया बराबरको कपडा, किरान,मोटरपार्टस, जुता चप्पल, ३० हजार ७५० मूल्य बराबरको ८ बोरा लसुन, १ लाख २५ हजारबराबरको १२०० किलो केराउ सहित ना १ ज ७८४५ नं. को म्याजिक गाडी, समान ओसारपसारमा प्रयोग भएका ३ लाख ४५ हजार मूल्य कायम गरि ३ वटा मोटरसाईकल र ४ लाख बराबरको ना.१ त. ७२२५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको भन्सार दाखिला गरिएको धामीले बताए ।


सम्बन्धित समाचार