Logo

१२ पुष,भरतपुर। भरतपुर भ्रमण वर्षको वार्षिकोत्सवमा पालिकास्तरीय कराँते प्रतियोगिता आजदेखी हुने भएको छ । प्रतियोगिता २ दिनसम्म चल्नेछ । भरतपुर २१ नं वडाको अन्नपूर्ण माविमा पालिकास्तरीय कराँते प्रतियोगिता हुन लागेको हो ।

भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिले प्रतियोगिता सञ्चालन गरेको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठका अनुसार कराँते प्रतियोगिताको लागि ५०० बढी खेलाडीले नामदर्ता गरेका छन् ।

बिहीबार कभर्ड हलमा भएको पत्रकार सम्मेलनमा चितवनका सात पालिका र चितवनबाहिरका चार पालिकाका खेलाडीहरु सहभागी हुने अध्यक्ष श्रेष्ठले बताए । चितवनबाट मात्र १४ वटा कराँतेसँग सम्बन्धित रहेका क्लबले भाग लिनेछन् । चितवनबाहिरबाट नुवाकोट, तनहुँ, नवलपरासीका पालिकाहरुले पनि खेलमा भाग लिनेछन् । नुवाकोटको शिवपुरी गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका, गैँडाकोट नगरपालिका र तनहुँको देवघाट गाउँपालिकाले कराँते प्रतियोगितामा भाग लिएका छन् ।

अध्यक्ष विकास श्रेष्ठका अनुसार खेलमाप्रथम, द्वितीय र तृतीयहुनेलाई मेडल र प्रमाणपत्र वितरण गरिनेछ । प्रतियोगिताको उद्घाटन र समापन महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ ।


सम्बन्धित समाचार