Logo

४ माघ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीमा रहेको मैस्कट एकाडेमीले आज विद्यार्थीहरुको ज्ञान र सीप प्रदर्शन गर्न खाना महोत्सवको आयोजना गरेको छ ।

विद्यालयको आयोजनामा विश्वको ज्ञान र बुझाई सहितको विशेष कार्यक्रम वैश्विक स्वाद र अन्तरदृष्टिका लागि खाना महोत्सवको आयोजना गरेको हो । विद्यालयका निर्देशक छुडुप लामाको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको उदघाटन प्रमुख अतिथि वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि चौरसियाले विद्यालयले विद्यार्थीहरुको किताबी ज्ञानलाई मात्रै नभई जीवन उपयोगी व्यवहारिक ज्ञानमा समेत प्रोत्साहन गरेकोमा धन्यवाद दिए । उनले  विद्यार्थीहरुलाई विद्यालयमा किताबी ज्ञानसँगै आफ्ना पारिवारिक जीवनमा गरिने कामहरुको विषयमा समेत व्यावहारिक ज्ञान हासिल गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनालले विद्यालयले शैक्षिक ज्ञान सहित व्यवहारिक ज्ञानलाई पनि महत्वका साथ लिएर विद्यार्थीहरुलाई दैनिक जीवनमा काम लाग्ने विषयहरु सिकाउने प्रयत्न गरेको बताउनुभयो । कार्यक्रमा अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालयकीय प्रिन्सिपल सरिता खड्गीले स्वागत गरेको कार्यक्रममा प्याब्सन मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष श्याम केसी, शिक्षक बलराम श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका इञ्चार्ज नीरज पिठाकोटे मगर, पर्सा अध्यक्ष मूनेश लायो मगर, पूर्व अध्यक्ष अतिज कुमार भूजेल, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले सिर्जनात्मक र शैक्षिक प्रस्तुति दिनुका साथै फूड फेस्टिभलमा विभिन्न परिकारहरू बनाएर विद्यार्थीहरुले विक्री समेत गरेका थिए ।


सम्बन्धित समाचार