
१८ फागुन, धनुषा । जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान अन्तरगत माओवादीको टोली धनुषा पुगेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहितका नेताहरु हिजो सिरहाको कार्यक्रम सकेर धनुषा पुगेका हुन् ।
प्रचण्डसहितका नेताहरु आज धनुषामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने तय भएको छ । यसअघि बिहानै प्रचण्ड माछीदेखि मगराहासम्म मर्निङ वाकमा सहभागी भएको उको सचिवालयले जनाएको छ । सो क्रममा प्रचण्डले स्थानीयसँग भलाकुसारी समेत गरेका थिए ।
फागुन १२ गते झापाबाट सुरु भएको अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तक्र्रिया, जनभेटघाट आदि रहेका छन् । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम भएका छन् भने कार्यक्रम तय गर्दा सामान्यतः बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थानसम्म स–साना कार्यक्रमहरू आयोजना गर्ने गरिएको माओवादीले जनाएको छ ।